गुराँस एफ एम सम्मानित

खाँदबारी । ६३ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले गुराँस एफ एम सहित खाँदबारीमा रहेको ५ वटा रेडियोलाई सम्मान गरेको छ । रेडियो संखुवासभा, खादबारी एफएम, गुरास एफएम, सुनाखरी एफएम र पाख्रीवास एफएमलाई सम्मान गरेको हो । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले ती रेडियोका प्रमुखलाई सम्मान पत्र हस्तान्तरण गर्नु भयो । 
प्रहरीले विद्यार्थी, उत्कृष्ट प्रहरी र शहिद प्रहरीहरुको परिवारहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक श्यामकुमार सारुमगरले स्वागत मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमले पारदर्शि रुपमा अपराध अनुसन्धनमा सक्रिय हुन प्रहरीहरुलाई आग्रह गर्नुभयो । प्रहरीलाई राष्ट्रले दिएको काम सफलताका साथ पुरा गर्न आग्रह गर्नुभयो ।
 अपराध अनुसन्धानको क्रममा कोहि कुनै संग सम्झौता नगर्न आग्रह गर्नुभयो । कार्यक्रमका जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पुर्व प्रहरीहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा अमर प्रहरी स्मारकमा माल्याल्पण गरिएको थियो । 

प्रतिकृया दिनुहोस