जनताका अपेक्षा अनुरुप काम गर्न सरकार प्रतिवद्ध छ : सासंद राजेन्द्र गौतम

संखुवासभा । प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रिय सदस्य माननिय राजेन्द्र गौतमले जनताका अपेक्ष अनुरुप काम गर्न सरकार अग्रसर र प्रतिवद्ध भएको बताएका छन् । नेपाल कम्युनिष्ट पाटि (नेकपा) संखुवासभाको आयोजनामा भएको दशै तिहार छठ लगाएत राष्ट्रिय चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गौतमले यस्तो बताएका हुन् । 


जनताको विश्वासको आधारमा दुई तिहाई बहुमतको बर्तमान सरकारले जनताले अपेक्ष गरेका मुद्धाहरुलाई सम्बोधन गर्न सके नसकेको आफैले समिक्षा गर्न नसकेको उनले बताए । उनले भने “हामिले जनताको बिचमा गरेका कबोलहरु, हाम्रा घोषणापत्रहरुमा हाम्रा अभिव्यतिmहरुमा हामिले प्रतिवद्धता गरेका थियौँ, त्यसलाई हामिले कार्यान्वयन गर्न सक्यौँ कि सकेनौँ, हाम्रो गति कहाँ रोकियो भन्ने बारेमा समग्र समिक्षा गरेर पाटि तथा सरकार नयाँ ढंगले अघि बढ्छ ।” उनले सरकारका कामहरु सकारात्मक ढंगमा अघि बढिरहेको भने दावि गरे । 


कार्यक्रममा बोल्दै सासद गौतमले संखुवासभामा छिटै पाटिको संगठन निमार्ण हुने बताए । दुई ठुला पाटिको एकिकरण पछि अब जिल्लामा छिटै पाटिका सम्पुर्ण संगठनहरुको निमार्ण भईसक्ने बताए । सासंद गौतमले संखुवासभाको विकासको लागि आफ्नो पाटिलाई जनताले मत दिएकोले मतको कदर गर्दै संखुवासभाको विकासमा आफु कटिवद्ध भएर लागि परेको जिकिर गरे । उनले आफुलाई विश्वास गर्ने जनताहरुलाई आफुले विश्वासघात नगर्ने जिकिर गरे । उनले जिल्लाको विकासको लागि सबै राजनैतिक दलसंग एकतावद्ध भएर अघि बढ्ने बताए । उनले भने “जिल्लाको विकासको लागि पाटि पाटि विचको खिचातानी अन्त्य भयो, सबै पाटि जिल्लाको विकासको लागि एकतावद्ध भएर लागेका छौ”। 


कार्यक्रममा बोल्दै जिल्लाको लाइफलाइनको रुपमा रहेको किमाथाङ्का जोगमुनी हाइवेलाई तोकिएकै मितिमा काम गर्नको लागि आफुले निरन्तर खबरदारी गरिरहेको तताए । हाल सो सडकखण्ड निमार्णमा कुनै विवाद नरहेको दावि गर्दै अबको केहि समयमा नै निमार्ण सम्पन्न हुने बताए । गौतमले करिब ११ किलोमिटरको भिरमा मात्रै ट्रयाक खन्न सके समयमा नै सम्पन्न हुने बताए  । कार्यक्रममा राजनैतिक दलका प्रमुखहरुले पर्वहरुको अवसरमा शुभकामना दिएका थिए । उनिहरुले जनप्रतिनिधिहरुले जनताका अपेक्ष अनुसारका कार्यहरु अघि बढाउन सकुन भन्दै कामना गरेका थिए । 
 

प्रतिकृया दिनुहोस