खाँदबारीमा नेकपाको चियापान हुने

खाँदबारी ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संखुवासभाले बडा दशैं, तिहार, छठ, नेपाल सम्वतका अवसरमा चियापान गर्ने भएको छ । असोज २४ गते खाँदबारीमा नेकपाले चियापान गर्न लागेको हो । पार्टी एकता भएपछि नेकपाको यो पहिलो चियापान समेत हो । यसअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले छुट्टा छुट्टै चियापान कार्यक्रम आयोजना गर्ने गर्दथे । संखुवासभामा नेकपाको एकिकरण आइतबार भएको हो । 
चियापानमा प्रतिनिधिसभा सदस्य एव केन्द्रिय सदस्य नेकपा जिल्ला कार्यदल संयोजक राजेन्द्र गौतमले हस्ताक्षर गरेर निमन्त्रणा पठाइएको छ । चियापानमा कोही नछुटुन, सबैको हातमा कार्ड पुग्ने गरी निमन्त्रणा पठाइएको एकता कार्यदलका सदस्य खड्ग राईले बताए ।  बुधबार दिनको २ बजेबाट हुने कार्यक्रममा  सर्वसाधारण, पार्टी नेता तथा कार्यकर्तालाई निमन्त्रण गरिएको राईले बताए । राईले कसैको हातमा निमन्त्रण नपुगे यसै समाचारलाई निमन्त्रणा मानेर चियापानमा आउन आव्हान समेत गरे । 

प्रतिकृया दिनुहोस