खुल्ला ब्याडमिन्टनको उपाधि भोजपुरलाई

संखुवासभा ।  जिल्ला व्याडमिन्टन संघ संखुवासभाको आयोजनामा भएको चौथो नर वहादुर विष्णुमाया स्मृति खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगताको उपाधि भोजपुरले हात पारेको छ । प्रतियोगितामा सुनसरी द्धितिय भएको छ । 
सदरमुकाम खाँदबारीमा भएको फाइनल खेलमा भोजपुरका विसाल तामाङ र प्रविण बस्नेतको जाडिले सुनसरीका थमानसिहं गुरुङ र रविन साउदेनलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा उल्लास बिसुङके र सृजल पोख्रेल तथा दिपक खड्का र मोहन कटुवालको जोडि तृतिय भएको छ । 
जोगविर प्रतिष्ठान संखुवासभाले प्रायोजन गरेको प्रतियोगिताको सेमिफाइनलमा भोजपुरले संखुवासभाका दिपक खड्का र मोहन कटुवालको जाडीलाई पराजित गर्दै फाइनल प्रवेश गर्दा सुनसरीले संखुवासभाकै उल्लास विसुङ्के र सृजल पोख्रेलको जोडीलाई पराजित गरेको खेल संयोजक छितिज बरालले बताए । 
उनका अनुसार प्रतियोगिताको अनुसासित खेलाडि रविन साउदेन र उत्कृट खेलाडि मोहन कटुवाल घोषित भए । विजेता बनेको भोजपुरले नगद २० हजार हात पार्दा उपविजेता बनेको सुनसरीले नगद १० हजार हात पारे । तृतिय बनेकाहरुले नगद ५ /५ हजार पुरस्कार प्राप्त गरेका छन् । गत १४ गते सुरु भएको प्रतियोगितामा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी र मोरङका २८ वटा टोलिको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस