मोरङका सांसद भेलाको निस्कर्ष : विराटनगरबाट राजधानी सरे गोठगाउँको समर्थन

विराटनगर ।  अहिले प्रदेश १ का ९३ सांसदमा ६७ जना संख्या भएको नेकपा बैठक चलिरहेको छ भने राजधानी बहस नि तातेको छ । नेकपाले जुन मुद्दा सार्वजनिक समर्थन गर्छ त्यै पारित हुने भएकोले राजधानीको मुद्दामा सबैले चासोका साथ हेरिरहेका छन ।

चुनावमै जांदा विराटनगरको पक्षमा मत नआउने धेरैको विश्लेषण छ । यसको विकल्पमा मोरङमै राजधानी राख्न मोरङका शक्तिशाली सांसदहरुले निस्कर्ष निकाकेका छन । हिजो नेकपा संसदीय बैठक हुनु अगाडि मोरङका ब्यापारीको कार्यक्रममा भेला भएका सांसद र नेताले गोठगाउ विकल्प हुने निस्कर्ष निकालेको श्रोतले जनाएको छ ।

दुई तिहाइले विराटनगर बाहिर हुनुपर्ने कुरा गरे इटहरी, धरान र धनकुटा नलागि मोरङकै भूगोलमा राजधानी राख्न लचक हुने सत्ता र प्रतिपक्षी दुवै दलका सांसदले निस्कर्ष निकालेका छन । पुर्वान्चल विश्वबिध्यालयको ८ सय बिगाहा जग्गा भएको गोठगाउँमा आधा क्षेत्रमा प्रदेश संरचना बनाउन सक्ने उनीहरुको तर्क छ ।

अधिकांस सांसदहरु विराटनगरको विकल्प इटहरी, धरान र धनकुटा भन्दा गोठगाउँ राम्रो हुने भएकोले मोरङका सामंसदले यो विकल्पको तयारी गरेको एक विराटनगर नजिकैबाट चुनाव जितेका नेकपा सामंसदले बताए ।

प्रदेश राजधानी तथा नामाङकनको बारे सत्तापक्षा नेकपाको संसदीय दलको बैठक दोस्रो दिन पनि विराटनगरमा जारी छ । आजै प्रदेश १ सरकारको क्यावीनेट बस्दैछ । बेलुका ५ बजे क्यावीनेट बस्ने मुख्यमन्त्री शेरधनरार्इका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस