अज्ञात समुहको गोली प्रहारबाट एक जनाको हत्या, एक गम्भीर घाइते

सुनसरी । हरिनगर गाउँपालिका–२ मा गोली हानी एक जनाको हत्या भएको छ। अर्का एक जना घाइते भएका छन्। भारतीय नम्बरको मोटरसाइकलमा आएका अपरिचित दुई जनाले गोली प्रहार गर्दा मौलना खुर्शिद इस्लाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

गोली हानी भारततर्फ भागेका हतियारधारी सो समूहको पिछा गरी छेक्ने क्रममा प्रहरीसँग गोली हानाहान भएको छ। हतियारधारी समूहको पिछा गर्दै हरिनगर गाउँपालिकाको घुस्कीमा पुगेपछि प्रहरीमाथि समेत गोली प्रहार भएको हो। सो क्रममा प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएको एसपी अधिकारीले जानकारी दिए। गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको एक अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको एसपी अधिकारीले बताए।  

प्रतिकृया दिनुहोस