फिल्म प्रदर्शनका लागि अमेरिका पुगेकी अभिनेत्री श्वेता बिरामी

काठमाडौं– फिल्म प्रदर्शनका लागि अमेरिका पुगेकी अभिनेत्री श्वेता खड्का बिरामी परेकी छिन्। नेपाल फर्के लगत्तै उनी उपचारका लागि नर्भिक अस्पताल पुगेकी हुन्।

छालामा रातो डाबर आउने समस्या देखिएपछि उनले केही दिनका लागि फिल्म प्रदर्शन रोकेकी छिन्। आइतबार सामाजिक सञ्जालमा उपचाररत तस्बिर पोष्ट गर्दै उनले केही दिनदेखि बिरामी रहेकाले सामाजिक सञ्जालमा सक्रिय हुन नपाएको आफ्ना फ्यान र आफन्तलाई जानकारी दिएकी छिन्।

आफूलाई छालाको संक्रमण भएको बताउँदै केही दिन कामबाट ब्रेक लिन चिकित्सकले सुझाएको उल्लेख गरेकी छिन्। उनले आफ्नो फिल्मको टिम, आयोजक, परिवार, साथी र शुभचिन्तकलाई धन्यवाद दिँदै अमेरिकाको फिल्म प्रदर्शन यात्रा ठूलो सफलता रहेको बताएकी छिन्।

प्रतिकृया दिनुहोस