भुलक्कड बटुवा (कविता)

अहिले घाम
अामाकाे छातिमा  नाचिरहेकाेछ 
उहिले  अामा भन्नुहुन्थ्यो 
सिस्नाेका  झ्ङ्याहरूमा 
फुल्दछ मान्छेकाे जिवन
मलाई
अादर्श सिकाउने मेरी अामा
ठिक यतिखेर 
अास्रममा ख्यङ ख्याङ
खाेकिरहेकि छिन


काेलम्बसकाे पैतालामा उभिएर 
घटाइरहेछु
सगरमाथाकाे उचाइ
र भाचिरहेछु अाफ्नै हात खुट्टा 
किनकि
म अाधुनिक दास हु !
वर्तमानकाे लगामले मलाइनै थिचेकाेछ
म हरेक दिन जिवन बेचेर
निर्लज मृत्युकाे 
गित गाइरहेकाे हुन्छु
समय यतिखेर 
म हिड्ने बाटो भन्दा 
पृथक बाटाे भएर हिड्न रूचाउछ

ठिक यहिबेला
मेराे देशले मसङ्ग
खाेजिरहेछ रास्ट्रियताकाे हिसाब 
म असङ्ख्य मानिसकाे भिडमा 
हराएकाे कुराले
इतिहासलाई बनाएकै छ दुखि
किन हरेक दिन
मेरै  दिर्घायुकाे लागि अामा जपिरहनुहुन्छ ॐ मणि पदमे हुुुँ !
तर 
म प्रकृतिले बनाइदिएकाे
 रङगिन बाटाे भत्काएर 
हिडिरहेकाे छु
गन्तब्य  बिर्सने एक भुलक्कड 
वटुवा झैँ  !

 

प्रतिकृया दिनुहोस