माघ २ देखि १४ गतेसम्म खाँदबारीमा आँखा शिविर सञ्चालन हुने

खाँदबारी । खाँदबारी नगरपालिका र तेजरत्न आखाँ तथा कान उपचार केन्द्रको आयोजना यहि माघ २ गते देखि १४ गतेसम्म सञ्चालन हुने आँखा शिविरको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा खाँदबारी नगरपालिका उपमेयर संगै खाँदबारी नगरपालिकाका ११ वटै वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।
सो अन्र्तक्रियामा नगरभित्र भएका सम्पुर्ण आखाँ रोगिहरुलाई शिविरमा उपस्थित गराउन आखाँ उपचार केन्द्रका इन्जार्च छितिज बरारले आग्रह गर्नुभयो । छनौट भएका विरामी समेत शल्यक्रियामा नआउने गरेको अनुभव सुनाउदै उहाँले यो नगरका सम्पुर्ण विरामीहरुलाई शल्यक्रियाको वातावरण मिलाउन वडाअध्यक्ष तथा जनपतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
कायक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत दिपकमणी घिमिरेले आखाँ उपचार केन्द्रले गरेको काम सराहनिय भएको बताउनु भयो । नेपाल नेत्रज्योती संघ संखुवासभाका अध्यक्ष श्याम सुन्दर उदासले सन् २०२० देखि बच्चाको लाग छुटै उपचार कक्ष निमार्ण गर्ने लक्ष रहेको बताउनुभयो ।
खाँदबारी नगरपालिकाका मेयर खतिवडाले यो नगरभित्र आखाका विरामी धेरै बढेकोले केन्द्रसंगको सहकार्यमा शिविर सञ्चालन गर्न लागिएको जानकारी दिदै सबैले आफ्नै ठाउँमा आखाँको जाँच गराउन आग्रह गर्नुभयो ।
खाँदबारी नगरपालिका स्वास्थ्य संयोजक डा अमुल्य दहालले यस्तो मौका फेरी फेरी नआउने भन्दै एक स्वास्थ्य मान्छेले पनि कम्तिमा वर्षमा दुईपटक आखाँको जाँच गराउन आग्रह गर्नुभयो । उहाँले धेरै टाढाका विरामी र आशक्क्तलाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएकोले मौकाको फाइदा उठाउन आग्रह गर्नुभयो । शिविर यहि माघको २ गते देखि १४ गते सम्म खाँदबारी नगरपालिकाका सम्पुर्ण वडामा सञ्चालन हुने छ भने छनौट भएका मोतियानिन्दुका विरामीको शल्यक्रिया माघ २५ गते गरिने छ ।

प्रतिकृया दिनुहोस