स्थानीय तहमा खेलग्राम निर्माणका लागि सरकार प्रतिबद्ध छ : खेलकुद मन्त्री विश्वकर्मा

सङ्खुवासभा ।  खेल क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन सरकार प्रतिबद्ध भएर अगाडि बढेको युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्माले बताएका छन् । राजनीतिक स्वार्थलाई टेकेर खेलकुद क्षेत्र अगाडि बढ्दा मुलुकले खेलकुद क्षेत्रमा फड्को मार्न नसकेको स्मरण गर्दै अहिलेको पहिलो प्राथमिकता सुविधा सम्पन राष्ट्रिय रङ्गशाला निर्माण गर्न सरकार लागिपरेको मन्त्री विश्वकर्माले बताए । 
सङ्खुवासभाको पाङ्मा सामुदायिक सेवा केन्द्रद्धारा आयोजित तेस्रो पाङ्मा गोल्डकप समापन समारोहका सङ्खुवासभा आइपुगेका मन्त्री विश्वकर्माले सोमवार बिहान चैनपुरस्थित सङ्खुवासभा बहुमुखी क्याम्पसको रङ्गशाला र कबर्डहलको निरीक्षण गर्दै यस्तो बताएका हुन् । 
मन्त्री विकले ७ ओटै प्रदेशमा १–१ ओटा प्रदेशस्तरीय खेलकुद रङ्गशाला निर्माण गर्न सरकार लागिपरेको बताए । सम्बोधनकै क्रममा मन्त्री विश्वकर्माले देशका ७ सय ५३ ओटै स्थानीय तहमा समेत १–१ ओटा खेलग्राम निर्माण गरेर युवा खेलाडीहरूलाई खेलकुदको माध्यमबाट खेलाडीहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम रहेको समेत बताए । 
चैनपुर नगरपालिकाद्धारा आयोजित कार्यक्रममा चैनपुरस्थित सङ्खुवासभा बहुमुखी क्याम्पसको रङ्गशालाका लागि पूर्वाधार विकास गर्न र कर्बडहलको पुनःनिर्माणका लागि समेत लागिपर्ने बताउदैै चैनपुर गुफापोखरीमा र पाङ्माका खेलमैदानलाई हाइअल्टिच्युडका खेल खेलाउन सकिने खालका कार्यक्रमलाई समेत प्राथमिकता दिइने बताए । 
 

प्रतिकृया दिनुहोस