पांमा कपको उपाधि पांमालाई

सङ्खुवासभा ।  तेस्रो पांमा कपको उपाधि आयोजक पांमा सामुदायिक सेवा क्लवले हात परेको छ । आइतबार भएको फाइनल खेलमा तुम्लिङटार स्पोटिङ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै पांमाले उपाधि हात पारेको हो । 
संघिय सरकारका खेलकुद मन्त्री जगत वहादुर विश्वकर्माको उपस्थितिमा भएको फाइनल खेलमा पहिलो हाफको छैठौँ मिनेटमा पांमाका पर्शु राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफकै १५ औँ मिनेटमा उनैले दोस्रो गोल गर्दै खेल २–० को स्थितिमा पुर्याएका थिए । यता दोस्रो हाफको १३ औँ मिनेटमा तुम्लिङटारका दिनेश राईले १ गोल फकाएपनि त्यो जितका लागि पर्याप्त भएन । 
पांमाले सेमिफाइनलमा चिसोपानी गुम्बालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो भने तुम्लिङटारले संखुवासभा युनाइटेड क्लवलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । 
उपाधि हात पारेसंगै आयोजक समेत रहेको पांमा सामुदायिक सेवा क्लवले नगद १ लाख १३ हजार सहित कप मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको तुम्लिङटार स्पोटिङ क्लवले नगद ५५ हजार सहित कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै समेमिफाइनल प्रवेश गर्ने संखुवासभा युनाइटेड क्लव र चिसोपानी गुम्बाले नगद १५÷१५ हजार हात पारेका छन् । 
खेलमा उत्कृष्ट खेलाडी पांमाका मोहन गुरुङ घोषितद भएका छन् उनले नगद ५ हजार सहित ट्रफी तथा मेडल हात पारेका छन् । खेलमा सर्वाधिक गोलकर्ता पांमाकै सनम भुजेल र उत्कष्ट गोलरक्षक तुम्लिङटारका सुदिप चौधरी घोषित भएका छन् । उनिहरुले जनही नगद ३/३ हजार सहित ट्रफी तथा मेडल प्राप्त गरेका छन् ।  
गत ४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका उत्कृष्ट १६ टिमको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस