को को छन ‘दि भ्वाइस अफ नेपाल’को सेमिफाइनलमा ?

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ ।  उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् । 
सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य छन् । 
शनिबार रातिको प्रस्तुतीका आधारमा दर्शकले गरेको भोटका कारण उनीहरु ८ मध्ये प्रत्येक टिमबाट एक एक जना गरि ४ जना फाइनलमा प्रवेश गर्नेछन् ।  उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको पफरमेन्सको निर्धारण हुँदै आएको छ ।  

प्रतिकृया दिनुहोस