तेस्रो पांमा कप फुटबल पौष पहिलो सातादेखि

संखुवासभा । तेस्रोे पांमा कप खुल्ला पुरुष फुटबल प्रतियोगिता पौष पहिलो सातादेखि हुने भएको छ । पांमा सामुदायिक सेवा केन्द्रको आयोजनामा पौष ४ गतेदेखि भगिवन्त रंगशाला खाँदबारी ४ गैरी पांमामा प्रतियोगिता हुने भएको आयोजक समितिका सदस्य जेविन राईले बताए ।

प्रतियोगितामा संखुवासभा र जिल्ला बाहिरका करिब २ दर्जन फुटबल क्लवहरुको सहभागिता रहने अपेक्षा रहेको राईले बताए । प्रतियोगिताको विजेताले एक लाख १३ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाईनलमा प्रवेश गर्ने दुवै टिमले १५र१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३र३ हजार नगद प्राप्त गर्नेछन् । उनीहरुले नगदको साथमा ट्रफी पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस