योगमाया आर्युवेद विश्वविद्यालय सम्बन्धमा छलफल सम्पन्न

खाँदबारी । योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनार्थ योगमायाको जलसमाधि स्थलमा बिहिबार एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । योगमायाको जल समाधिस्थल सझुवाबेसिमा भएको कार्यक्रममा षडानन्द नगरपालिकाका मेयर विरवल राई सभापति रहनु भएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुधन किराती प्रमुख अतिथि रहनु भएको थियो भने प्रदेशसभा सदस्य राजेन्द्र राईको पनि उपस्थिति रहेको थियो । 
अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राजेन्द्र राईले अन्य धेरैवटा आयुर्वेद सम्बन्धिका शैक्षिक सस्थाहरु बन्द हुने चरणमा रहेका बेला आयुर्वेद विश्वविद्यालय स्थापनाको लागि जुटनु चुनौति रहेको   बताए । उनले चुनौति समना गर्दै यो विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापना हुनु पर्नेमा जोड दिए । 
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य सुधन किरातीले यो विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्नेमा जोड दिदै यसले योगमायाले गरेका योगदानको कदर हुने बताए  । उनले आजसम्म योगमायाको इतिहास कहि कतै नसमेटिएको अवस्थामा यो विश्वविद्यालय अरुण उपत्यकामा स्थापना हुनुले इतिहासलाई समेट्ने दावि गरे । 
कार्यक्रममा पुर्वमन्त्री मुकुन्द बहादुर बस्नेत, पुर्वराज्यमन्त्री दिपक खड्का, स्वास्थ्य विभागका डिजि डा. बासुदेव उपाध्यय, योगमाया विश्वविद्यालय कानुन निमार्णका सदस्य भविन्द्र अधिकारी लगाएत भोजपुर र संखुवासभाका प्रमुख जिल्ला अधिकारीहरु सुरक्षा निकायका प्रमुखहरु, लगायत स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

को हुन योगमाया ?

योगमाया भन्ने वित्तिकै नेपालको पहिलो समाज सुधारक महिलाको रुपमा चिनिन्छ । भोजपुर जिल्लाको साविक नेपालेडाँडा गाविस हालको षडानन्द नगरपालिका वडा नं. १ मा जन्मिएकि योगमाया न्यौपाने बास्तवमा नै नेपालको मात्र नभएर विश्वभरीको महिलाहरुको प्रेरणाको स्रोत पनि हुन् भन्दै वक्ताहरुले योगमायाको चर्चा गरेका थिए । 
योगमायाले आफूसैगै वि.सं. १९९८ साल असार २१ गते शनिवार हरिशयनि एकादशिका दिन षडानन्द नगरपालिकाको वडा नं १ मझुवावेसीबाट ६८ जना अनुयायीहरुलाई सँगै साथमा लिएर जल समाधी गरेको चर्चा गर्दै यहि क्षेत्रमा उनको सम्मान गर्नको लागि पनि विश्वविद्यालय स्थापना गर्नु पर्ने बताए । 
नेपालको पहिलो समाज सुधारकको रुपमा चिनिएको योगमाया न्यौपानेको अहिले विभिन्न संचार माध्यम तथा सामाजिक क्षेत्रमा चर्चा भईरहेको छ । यसका साथै योगमायाको नाममा प्रतिष्ठान तथा विभिन्न शक्तिपिठहरु स्थापना गर्ने काम हुनुका साथै उनको सम्मानको लागि योगमायाको नाममा नेपाल सरकारले हुलाक टिकट समेत जारी गरेको छ ।
योगमाया एक समाज सुधारक मात्र नभएर शिक्षाको लागि समेत प्रेरणाको खानी हुन् । उनले महिला अधिकार तथा महिला शिक्षाको बारेमा आवाज उठाउँदा उनलाई तत्कालिन सरकारले केही समय नजरबन्दमा समेत राखेको स्मरण गर्दै कार्यक्रमका वक्ताहरुले समाजमा देखिएको असमानतालाई अन्त्य गर्नका लागि उनी सदैव क्रियाशील भइरहेकी बताएका थिए । 
योगमाया आर्युवेदिक विश्वविद्यालय योगमायाको जन्म तथा तपस्यास्थलमा खोल्नु पर्ने आवाज पनि अहिले यस क्षेत्रका बासिन्दाहरु उठाईरहेका छन् । वास्तवमा भन्ने हो भने योगमाया आर्युवेद विश्वविद्यालय सही ठाउँमा सही समयमा खोल्न आवस्यक रहेको छ । त्यस्तो सही क्षेत्र भनेको अरुण उपत्यका नै भएको सरोकारवालाहरुले बताएका छन् । 

योगमाया विश्वविद्याल किन अरुण उपत्यकाका मा ?

कार्यक्रममा सहभागीहरुले अरुण उपत्यकाका जिल्लाहरु भोजपुर र संखुवासभामा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा, विमानस्थल तथा सडक यातायातको सुविधा हुनाका साथै मध्यपहाडी राजमार्गबाट समेत जोडिएको हुनाले पनि विश्वविद्यालय यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिएका छन् । कायक्रममा वत्ताहरुले करिब तीन घण्टाको अवधिमा दुई छिमेकी मुलुकहरु चिन र भारत समेत पुग्न सकिने छाटो राजमार्ग भएकोले पनि यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिए । उनिहरुले तुम्लिटार बिमानस्थल बाह्रै महिना सञ्चालन हुने र जोगमुनी किमाथाङ्का सडक मार्फत भारत र चिन पुग्न सकिने बताए । अन्य स्थानमा यस्तो सम्भावना नरहेको उनिहरुको भनाई छ । 

के छ अरुण उपत्यकामा ?

अरुण उपत्यकाका जिल्ला भोजपुर सङ्खुवासभामा हिमाली पहाडी र तराई सबै भेगको हावापानी पाइने भएकोले जडबुकिो लागि उपयुक्त स्थान भएकोलेपनि यो अरुण उपत्यकामा सम्भव छ । सङ्खुवासभामा मात्रै आर्युवेद औषधिमा प्रयोग हुने १ सय ५४ प्रकारका रुख विरुवा पाइने एक अध्ययनले देखाइसकेको छ । अरुण उपत्यका क्षेत्रमा सबैभन्दा बढि प्रेसर र डाइबेटिजका बिरामी भएकोले पे्रसरको औषधिमा प्रयोग हुने ३८ र डाइबेटिजमा प्रयोग हुने ४० प्रकारका औषधिजन्य रुख विरुवा÷जडीबुटि संखुवासभामा नै पाइन्छ । 
सङ्खुवासभामा समुन्द्रि सतहदेखि ३०० मिटर भन्दा माथि र ८ हजार मिटर सम्मको उचाई छ । यस्तो ठाउँ नेपालको कुनै पनि जिल्ला छैन । सङ्खुवासभा धेरै बन भएको नेपालको जिल्लाको सुचिमा छैठौमा रहेको र यहाँको करिब ४० प्रतिशत भुभाग वन जगंलले ओगटेको भएकोले पनि अनुसन्धानको लागि पनि सजिलो हुने एक तथ्याङ्कले देखाइसकेको छ । यिनै तथ्याङ्कलाई आधार मान्दा अरुण उत्यका आर्युवेद विश्वविद्यालयको लागि उपयुक्त स्थान भएको सरोकारवालाहरुको भनाई छ । 
 

प्रतिकृया दिनुहोस