आफ्नै लयमा भोटखोला (फोटो फिचर)

सङ्खुवासभा । हामि सबैलाई थाहा छ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता विशेषतायुक्त देश हो । यो विषेशतालाई हामि नेपालि भएको नाताले नेपालको परिचय दिंदा यहि शब्दबाट सुरु गछौ । विदेशीले पनि यहि कुरालाई नेपालको वर्णनको आधार मानेका छन् । यहाँ विभिन्न विद्यामान भाँैगोलिक, सामाजिक, आर्थिक, सास्कृतिक तथा मानविय श्रोत, साधन र सम्पदाले यहाँका विभिन्न क्षेत्र, उपक्षेत्र र स्थानविच विभिन्नता एवं विषमतापुर्ण स्थितिको बोध हुनुका साथै हरेक क्षेत्र र स्थानहरुमा अन्र्तनिहित अनंगिन्ति प्राकृतिक श्रोतहरुले नेपालको महत्वलाई देश विदेशसम्म फैलिएको छ । 
यसैकोे फल स्वरुप आ आफ्नो जाति विशेष, धर्म विशेष, भाषा विशेष छुट्टै मौलिकता पहिचानले सिँगारिएको नेपाली समाज यसैमा गौरवान्वित महसुस हुनु यसको सकारात्मक पक्ष हो । भौगोलिक रूपले यो मुलुक हिमाल, पहाड र तराईमा विभाजित छ ।  स्वभावलै हिमाली क्षेत्र अलि अविकसित रहेको पाइन्छ । गण्डकी प्रदेशका केहि जिल्लाहरु अझै पनि अविकसित छन् । सो प्रदेशलाई अशिक्षा, भौगोलिक विकटता र सरकारी सेवा सुविधा नभएका कारण फरक दुनियाँको रुपमा हेरिन्छ । यस्तै विशेषताका कारण सङ्खुवासभाको उत्तरी क्षेत्रलाई “पुर्वको कर्णाली” पनि भन्ने गरिन्छ । पुर्वको कर्णाली भन्ने यस क्षेत्रलाई भोटखोला नामले चिनिन्छ । साविकका गाविसहरु पावाखोला, हटिया, चेपुवा र किमाथाङकालाई मिलाएर भोटखोला गाउँपालिका नै बनाइएको छ । 
जिल्लामा ७ वटा रेडियोहरु छन् । केहि पत्रिका जिल्लामा नै प्रकाशन हुन्छन भने धेरै जसो काठमाडौँ, विराटनगर तथा इटहरीमा प्रकाशन हुने पत्रिकाहरु पनि जिल्ला सदमुकाम खाँदबारीमा आइपुग्छन् । तर टाढा र भौगोलिक वनावटका कारण भोटखोलामा न त कुनै रेडियो बज्छ न त पत्रिका नै पुग्छ । गाउँमा केहि ठाउँमा सिडिएम फोनको टावर त छ । तर घाम नलागे हप्तौँसम्म त्यो पनि बन्द हुन्छ । भोटखोलाबाट सदरमुकाम खाँदबारी आइपुग्न ४ दिन लाग्छ । सदरमुकाम भन्दा निकै टाढा भएर होला भोटखोला आफ्नै लयमा छ ।
 राष्ट्रिय अन्तराष्ट्रिय खबर तथा घटनाहरु प्रति भोटखोला बेखवर छ । र भोटखोलाबासिलाई खासै चासो पनि छैन् । स्वास्थ्य, शिक्षा, सडक लगाएत आवश्यक पुर्वाधारका योजनाहरु माग्न भोटखोलाबासि पटक पटक सदरमुकाम घाउछन तर उनिहरु भन्छन् “कहिल्यै पुरा नहुने आश्वासन मात्र पाउछौँ हामिले” । योजना परिहाले पनि सामान ढुवानी गरेर पुर्याउन समस्या छ । तर यसपटक भने उनिहरुमा विकासको आसा जागेको छ । सदरमुकाम संग सडकको ट्रयाक खोलेर जोडिन केहि किलोमिटर मात्रै बाकि छ । भर्खरै मात्र प्रतिनिधिसभा, प्रदेशसभा लगाएत जिल्लाका उच्च अधिकारीहरुको टोलिले स्थागत निरिक्षण समेत गरेको ले उनिहरुमा विकासको आशा जागेको हो । 
भोटखोला आफैमा एउटा रमणीय क्षेत्र हो । कोदो र आलु मुख्यबालिको रुपमा उत्पादन हुने त्यहाँ निकै फाटिला बारी र केहि खेत छन् । भोटखोलामा प्रायः एकत्रित बस्ति छन् । हटिया, हुङगुङ, चेपुवा, च्याम्ताङ, रिदाक, लिंगम, गोला, किमाथाङका र कारमाराङ आदि त्यहाँका बस्ति हुन् । एकदेखि अर्को बस्ती पुग्न घण्टौ देखि दिन समेत लाग्ने गरेको छ । 
भोटखोलामा भोटे जातीको मुख्य बसोवास रहेको छ । फरक जनजीवन, दिनचर्या, सस्कृति र भु वनोटका कारण जिल्लाको दक्षिणी भेगका बासिन्दाका लागि पनि नौलो र रहस्यपुर्ण संसार हो – भोटखोला ।  दुर्गम र सरकारी सेवा सुविधाबाट वञ्चित भएर पनि भोटखोलाबासीमा सामाजिक काम र सहकार्यमा एकजुट देखिन्छ । बाटोघाटो निमार्णदेखि समाज सुधारका काममा आमा समुहहरु सक्रिय रहेको पाइएको भोटखोला क्षेत्रको अवलोकमा पुगेका पत्रकार गगां विष्टले बताए । 
दैनिक उपभोग्य वस्तुदेखि साना ठुला व्यापारका लागि पनि भोटखोलाको मुख्य बजार चीनको स्वशासित क्षेत्र तिब्बत हो । किनमेल गर्न भोटखोलाबासी तिब्बतको चागाँ, देन्दाङ, रियु र नादाङसम्म पुग्छन् । यी चिनियाँ बजार र भोटखोलाबीच ‘रोटीबेटी’ कै सम्बन्ध छ । चिनतर्फका बजारहरुमा भएको विकास र सरकारले उपलब्ध गराएको सेवा सुविधाले भोटखोलाबासीको मन पिरोलिन्छ । उता केन्द्रिय लाइनको विजुली छ । पहाड र खोँच छिचोलेर सडक ल्याइपुर्याएको छ । चिन तर्फ तरकारीबारी बार्न समेत सरकारले तारबार उपलब्ध गराएको तर आफुहरुलाई त सरकारको आखाँ नपुगेको उनिहरु गुनासो गर्छन् । चिनको तुलनामा आफुहरुलाई सरकारको हेर्ने दृष्टिकोण प्रति हिनताबोध साधेँका भोटखोलाबासि साँध सिमानाको विषयमा भने निकै संवेदनशील छन् । 

                                                                                                                                                     फोटो सौजन्य : गगां विष्ट

प्रतिकृया दिनुहोस