विद्युत्तमा आत्मनिर्भर संखुवासभा

सङ्खुवासभा ।  पूर्वी पहाडी जिल्ला सङ्खुवासभा विद्युत्तमा आत्मनिर्भर बनेको छ । बर्खाको समयमा आफ्नै जिल्लामा उत्पादन भएको विद्युत्त बढि हुने गर्दछ । र छिमेकी जिल्लाहरुमा समेत दिने गरिएको छ । स्थानीय खोलानालाबाट पेल्टीसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर संचालन गरि संखुवासभालि उज्यालोमा बसिरहेका छन । सभापोखरी गाउपालिकाको स्वाचीमा पहिलो पटक बिजुली पुग्दा समेत त्यहाँका स्थानीय गाउलेहरुमा खुशीयाली नदेखिएको नेपाल विद्युत्त प्राधिकरण कार्यालय संखुवासभाका कार्यालय प्रमुख ध्रुब अधिकारीले सुनाए । उनले भने,—“गाऊँमा पहिलो पटक बिजुली पुग्दा समेत गाउँलेमा खुशीयाली देखिएन । विकल्पमा उनीहरु गाऊँकै खोलाबाट माइक्रोहाइड्रो संचालनमा रहेछ । त्यही कारणले केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्दा खुशीयाली नछाएको रहेछ ।”
    सङ्खुवासभाको अरुण नदिमा ठूला प्रोजेक्टका रुपमा बहुचर्चित ९ सय मेघावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अपर अरुण, अरुण चोथौ र अरुण दोश्रो समेतको सर्भे भईसकेको छ । भने सबै भन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ । अन्यको सर्भेकै चरणमा मात्रै सिमित रहेको छ । त्यसैगरि सभाखोला हाइड्रोपावरले ४ मेघावाट विद्युत्त उत्पादन गरिरहेको छ । पिलुवा जलविद्युत्त आयोजना, बानेश्वर जलविद्युत्त आयोजना संचालनमा रहेको छ । यि दुईवटा आयोजनाले ४ किलोवाट उत्पादन गरेर पनि केन्द्रिय प्रशारण लाइनमा आबद्ध भईसकेका छन । 
 निगुरे जलविद्युत्त आयोजना लामो समय देखी बिग्रीएर बन्द रहेको छ । जिल्लाका तीन वटा क्याम्पस बरुण बहुमुखी, संखुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले संयुक्त रुपमा संचालन गरेका हुन । त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रुपमा ऊर्जा शक्ति हाइड्रोपावर संचालनमा रहेका छन । 
सङ्खुवासभाका सात वटा स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाऊँमा केन्द्रिय प्रशारण पुगेको छैन । केन्द्रिय प्रशारण लाइन नपुगेको ठाऊँहरुमा हाइड्रोपावर नै ईश्वरको वरदान भएका छन । केन्द्रिय प्रशारण लाइन नपुगेको संखुवासभाको भोटखोला गाउपालिका अन्तर्गत हटिया, गोला, लिङ्गममा हाइड्रोपावरकै भरमा बिजुली बत्ती बालीरहेका      छन । भने हटिया गाऊँमा पनि स्थानीय हाइड्रोपावरकै भरमा बिजुलीबत्ती बालीरहेका छन । 
त्यसैगरि मकालु गाउँपालिका अन्तर्गत पावाखोलामा इप्सुवा हाइड्रोपावर संचालनमा रहेको छ । त्यहाँ अर्को हाइड्रोपावरले सिम्मा, सिरुटार र उवा लगायतका क्षेत्रमा बिजुली बत्ती बालीरहेको सिम्माका स्थानीय काजीमान गुरुङले बताए । ‘जति बिजुली बत्ती बालेपनि हुन्छ । महिनाको एक सय मात्रै महशुल तिर्नुपर्छ ।’—उनले भने ।
सभापोखरी गाउपालिकाको बाह्रबिसे बजारमा समेत अझै केन्द्रिय प्रशारण लाईन पुगेको छैन । स्थानीय हाइड्रोपावरकै भरमा उज्यालो पाइरहेका छन । त्यसैगरि दुर्गम गाउपालिका र अरुणपारिको गाऊपालिका समेत भनेर चिनिने सिलिचोङ गाउपालिकामा अझै सम्म केन्द्रिय प्रशारण लाइन पुग्न सकेको छैन । त्यहाँ स्थानीय हाइड्रोपावरकै भर छ । सिलिचोङ्ग गाउपालिकामा करिब ६÷७ बर्ष देखी दुईवटा हाइड्रोपावर खङलुवा जलविद्युत्त आयोजना र सिसुवाखोला जलविद्युत्त आयोजना संचालनमा रहेको छ । खङलुवाले ३० किलोवाट विद्युत्त उत्पादन गर्छ । र यसले ३ र ४ नम्बर वडामा बिजलुी बालीरहेको छ । सिसुवाखोलाले ४० किलोवाट विद्युत्त उत्पादन गर्छ भने यसले १, २ र ३ नम्बर वडामा बिजुली बालीरहेको छ । सटेक्मा जलविद्युत्त आयोजना निर्माणधीन अवस्थामा रहेको छ । 
भोटखोला गाउपालिका भित्र पर्ने तिब्बतको सिमाना किमाथाङकामा किमाथाङ्का हाइड्रोपावर संचालनमा रहेको छ । त्यहाँका स्थानीयहरु सोही हाइड्रोबाट बिजुलीबत्ती बालीरहेका छन । त्यसैगरि चेपुवामा ६० किलोवाटको हाइड्रो संचालनमा रहेको छ । जसले त्यहाँका २ सय घरपरिवारलाई धानेको छ । भने हुङहुङमा संचालनमा रहेको हाइड्रोले २ सय ५० घरपरिवार धानेको छ । त्यहाँ १०० किलोवाट विद्युत्त उत्पादन भईरहेको हुङहुङका स्थानीय थुदाक भोटेले जानकारी दिए । त्यसैगरि हटियामा २२ किलोवाटको विद्युत्त संचालनमा रहेको छ । 
माइक्रो हाइड्रो र पेल्टीसेट समेत गाऊँ–गाऊँमा बिजुली बत्ती बाल्नका लागी प्रयोग भईरहेका छन । भोटखोला कै नाबासे, सिम्बुङ्ग, तुङखालिङ्ग र चाम्ताङ्ग लगायतका स्थानमा माइक्रोहाइड्रो र पेल्टीसेटबाट बत्ती बलीरहेका छन । माइक्रोहाइड्रोले करिब १० वाट भन्दा माथी उत्पादन गर्छ भने पेल्टीसेटले ६÷७ वाट उत्पादन गर्ने भएकाले सानो गाऊँमा संचालन गर्न उपयोगी हुने गरेको पाइन्छ ।
त्यसैगरि भोटखोला गाउपालिका–१ मा पर्ने दुर्गम बस्ती लिङ्गाम र गोलाबजारका स्थानीयहरुले गोला लघुजलविद्युत्त हाइड्रोपावरबाट बिजुली बत्ती बालीरहेका छन । गोला र लिङ्गामका ५२ घरपरिवारलाई लक्षित गरेर हाइड्रोपावर संचालन गरिएको हो । ८ किलोवाट विद्युत्त उत्पादन हुने उक्त हाइड्रोपावरले ५२ घरधुरीलाई बिजुली बाल्न प्रशस्त पुग्नेछ । गत बर्षको भदौ महिनाबाट शुरुवात भएको योजना चैत्रमा सम्पन्न भई बिजुली बाल्न शुरु भएको छ । कुल २३ लाख ५० हजार रुपैयाको लागतमा योजना शुरु भएको हो । योजना सम्पन्न गर्न ३० प्रतिशत स्थानीय गाउलेहरुले जनश्रमदान समेत गरिएको उपभोक्ता समितिका अध्यक्ष मनोज गुरुङ बताए । 
त्यसैगरि चैनपुर नगरपालिका नजिकै रहेको कुसुवा खोला लघु जलविद्युत आयोजना २०६३ सालमा स्थापना भएको थियो । कुल ३२ लाखको लागतमा यो आयोजना निर्माण भएको हो । १८ किलोवाट क्षमता भएको उक्त जलविद्युत्त आयोजनाले १ सय ८० घरपरिवारले बिजुली बत्ती बालीरहेका थिए । गत बर्ष पहिरोले पावरहाउस नै बगाएपछि पूर्ण रुपमा मर्मत हुन सकेको छैन ।
त्यसैगरि चैनपुर नगरपालिका–१ याङ्सीजुङकमा नै पर्ने निदुवा खोला लघुजलविद्युत आयोजना गत साउनमा महिनामा पहिरोले पावरहाउस नै बगायो । त्यसपछि स्थानीयहरु दिनरात लागेर अस्थायी रुपमा निर्माण गरि बिद्युत्त बालीरहेका छन । १४ किलोवाट क्षमता रहेको उक्त जलविद्युत्त आयोजनाले धेरै ठूलो राहत पुगेको स्थानीयको भनाई छ । 
केन्द्रिय प्रशारण लाइनले नछोएको सङ्खुवासभाका धेरै स्थानीय तहका गाउबस्तीहरुका पेल्टीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर साँच्चिकै ईश्वरका रुपमा सावित भएका छन । सङ्खुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिका भित्रका गाउँबस्ती जाँहा सम्म बिद्युत्तको केन्द्रिय प्रशारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलीरहेका छन ।  उज्यालो पाउनका लागी स्थानीय गाउलेहरुले पेल्टीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर संचालन गरेपनि बेला–बेला बिग्रने समस्याबाट भने ग्रसित छन । बेला–बेला हाइड्रोपावर बिग्रीनु स्वाभाविकै हो । विद्युत्तको केन्द्रिय प्रशारण लाइन नपुगेको ति दुर्गम गाउबस्तीहरुमा हाइड्रोपावरका कारण अध्ययरोमा बस्नु नपरेको स्थानिय बसन्त गुरुङको भनाई छ । 
सङखुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । सङखुवासभामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाँ खोलाबाट ३.२ मेगावाट, पिलुव–१ बाट ३ मेगावाट र लोवर पिलुवाबाट १ मेगावाट विद्युत उत्पादन हुदै आएको छ । जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख ध्रुब अधिकारीले जानकारी दिए । जिल्लामा दश भन्दा बढी साना खोलाहरुबाट ‘माईक्रो हाईड्रो’ सञ्चालन गरि स्थानीयले विद्युत सेवा लिईरहेको पनि उनले बताए । 
सङ्खुवासभामा विद्युत उत्पादन बढ्दै गएपनि खपतको अवस्था भने न्युन छ । विद्युत प्राधिकरण खाँदबारी वितरणको अनुसार हाल साँझको समयमा ४ मेगावाट खपत भईरहेको छ भने दिउँसो २ मेगावाट मात्र खपत भईरहेको छ । जिल्लामा उद्योग कलकारखना नभएकोले दिउँसो विद्युतको प्रयोग कम भएको प्रमुख अधिकारीले बताए । जिल्लामा उत्पादित विद्युत पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाईनमा जोडिन्छ ।
जिल्लामा चार वटा हाइड्रोपावरका कारणले आत्मनिर्भर छन भनेर ढुक्क बस्ने अवस्था भने छैन । जिल्लाको १० वटा नै स्थानीय तहमा विद्युत्तको केन्द्रिय प्रशारण लाइन पु¥याउन आवश्यक छ । छोटो समयका लागी बैकल्पिक रुपमा सोलार बत्ती, पेल्टीसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर संचालनमा आएपनि भविष्यलाई हेरेर जिल्लाभर नै केन्द्रिय प्रशारण लाइन पु¥याउनु पर्दछ ।  अध्ययरो मुक्त समाज सधैकालागी अन्त्य गरेर उज्यालो नेपालको सुगन्ध सबैमा छर्न सक्नु पर्दछ । 
 

प्रतिकृया दिनुहोस