किमाथाङ्का जोगबनी सडकमा सांसदहरुको चासो

सङ्खुवासभा । निमार्णधिन चीन नेपाल र भारत जोड्ने सबैभन्दा छोटो सडक उत्तर दक्षिण राजमार्ग (किमाथांका–विराटनगर–रानी सडक) छिटो निमार्णको लागि प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम सहित प्रदेशमा सासदहरुले चासो देखाएका छन् । मंगलबार जोगवनी किमाथाङ्का सडक सहित किमाथाङ्का क्षेत्रको अध्ययन र स्थलगत अनुगमन गर्न प्रतिनिधीसभाका सदस्य गौतमको नेतृत्वमा जिल्लाका उच्च अधिकारीहरुको एक टोली सो क्षेत्र प्रस्थान गरेको छ । 
मंगलबार सदरमुकाम खाँदबारीमा पत्रकारहरुसंग संक्षिप्त भेटघाट गर्दै प्रतिनिधीसभा सदस्य राजेन्द्र गौतमले उत्तर दक्षिण राजमार्ग (किमाथांका–विराटनगर–रानी सडक) तीन देश चिन, नेपाल र भारत) लाई जोडन्े सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुने सडक रहेको भन्दै आफ्नो ध्यानाकर्ष भएको र सो क्षेत्रको भ्रमणमा जान लागेको बताए ।  
भ्रमण टोलिमा गौतम सहित प्रदेशसभा सदस्यहरु पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, सरिता खडका, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्याम कुमार सारुमगर, सशस्त्र प्रहरी बलका डियस्पी कविन्द्र राई, उत्तरदक्षिण कोशी आयोजना प्रमुख पशुपति ज्ञवाली र सिमा प्रशासन प्रमुख लगायतको उच्च अधिकारीको टोली रहेको छ ।  
९ दिन लामो उक्त स्थलगत भ्रमण तथा अध्ययन अनुगमन टोलीले जिल्लाको विकट क्षेत्र भोटखोला अन्तर्गतमा किमाथाङ्का नाका पु¥याउने जोगवनी–किमाथाङ्का सडक बिस्तारको अवस्था, सिमा भन्सार र अध्यागमन, सिमा प्रशासन र सशस्त्र प्रहरी बलको कार्यालय स्थापना लगायतको बारेमा स्थलगत अनुगमन गर्नेछ । भ्रमणको क्रममा छिमेकी मित्रराष्ट चिनको स्थानिय प्रशासनसंग शिष्टाचार भेटवार्ता हुनुका साथै दुवै पक्षीय हितका विषयमा आपसी छलफल हुने गौतमको सचिवालयद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा अरुण नदिमा तटबन्ध, सुख्खा बन्दरगाह निमार्णको सम्भाव्यता अध्ययन, अपर अरुण र किमाथाङका अरुण जलविद्युत आयोजनाको सम्भावित आयोजना स्थलको जानकारी समेत लिइने भनिएको छ । 
जोगवनी, विराटनगर, खाँदबारी, किमाथाङ्का सडक जोडिन अब २३ कि.मि मात्रै बाकि रहेको छ । जोगवनी किमाथाङ्का जम्मा ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोलिसकिएको र अब बाकि २३ किलोमिटर मात्रै रहेको छ ।  खाँदबारी किमाथांका सडकको लम्बाइ १ सय ६२ किमि छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिएको छ । त्यहाँसम्म १ सय ३९ किलोमिटर कच्ची सडक निर्माण भएको छ । उत्तर दक्षिण कोसी सडक योजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन लैजान सकिने जनाएको छ ।  
उत्तर दक्षिण कोशी सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार हाल सम्म २ अर्व ३९ करोड बजेट मध्ये २ अर्व ११ करोड भने खर्च भईसकेका छ ।  प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले किमाथांका जोडिन केही किलोमिटरमात्र बाँकी रहेकाले यहि वर्षभित्रमा किमाथाङका गाडिमा जान सकिने बताए । उनले विस्फोटक पदार्थ खरिद गरेर भीर फुटाउने प्रकृयाको लागि नेपाली सेनासंग कुरा भएको र करिब अन्त्यमा पुगेको बताए । यहि आर्थिक वर्ष भित्र खाँदबारी किमाथांकामा गाडी गुडाउने योजना लिएर अघि बढेको छु, उनले भने, ‘बजेटको व्यवस्था गरेर सडक जोड्छु । यो खण्डमा तीव्र गतिमा काम भइरहेको उनले बताए । त्यसैले पनि यो क्षेत्रको भ्रमण आवश्यक भएकोले जानै परेको बताए । 

प्रतिकृया दिनुहोस