प्राकृतिक स्रोतले देशको समृद्धि हुन्छ : उर्जामन्त्रि पुन

सङ्खुवासभा ।  उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले मुलुकमा भएको प्राकृतिक स्रोत साधनलेनै मुलुकको समृद्धि हुने बताएका छन् । ७२५ मेगावाटको अपर अरुण निमार्ण प्रकृया अघि बढे संगै त्यसको अवलोकनको लागि सङ्खुवासभा आइपुगेका मन्त्री पुनले तुम्लिङटार विमानस्थलमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री पुनले जलस्रोतको प्रयोग गरेर मात्रै मुलुकको समृद्धि हुने बताए । उनले भने “जलस्रोत हामिसंग उपलब्ध प्राकृतिक स्रोत हो र हामि नेपालीहरुले यस्ता प्राकृतिक स्रोतलाई उपयोग गर्न नसकेकोले यसलाई उपयोग गरेर समृद्धिको आधार जलस्रोतलाई बनाउनु पर्छ ”। 
वर्तमान सरकारको लक्ष्य र रणनिति पनि यहि भएको भन्दै मन्त्री पुनले विगतका सरकारले पनि यस्तो लक्ष्य लिएता पनि राजनैतिक अस्थिरता ले गर्दा सफल नभएको बताए । यसरी मुलुकमा नै भएको प्राकृतिक स्रोतको उपयोगले मात्रै मुलुक समृद्ध हुने उनले दावि गरे । उनले भने “अब हामि गुणत्मक रुपमा यसको उपयोग गछौँ, र देशको समृद्धि हुन्छ । देशको समृद्धि मात्रै हैन संविधानले सामाजिक न्याय सहितको आर्थिक विकास भनेकोले आम नेपाली जनता पनि समृद्ध हुनुपर्छ ” । 
विद्युत उत्पादन मात्रै महत्वपुर्ण कुरा नभएर जलस्रोतमा जनताको लागानी पनि महत्वपुर्ण भएको उनले बताए । सङ्खुवासभा क्षेत्रमा पर्ने अरुण बेसिनमा मात्रै जलविद्युतका ठुला आयोजना रहेको उनले बताए । सङ्खुवासभा क्षेत्रको अरुण बेसिनमा अरुण तेस्रो, लोअर अरुण, अपर अरुण, अरुण चौथो र किमाथाङ्का अरुण पनि जतिसक्दो छिटो निमार्ण गर्ने उनले बताए । मन्त्री पुनले यो आयोजनालाई जनताको लगानी रहने गरी आकर्षक आयोजना अगाडि बढाउने घोषणा गरे । यही घोषणा कार्यान्वयन गर्न जनतालाई शेयर दिने गरी माथिल्लो अरुण अगाडि बढाउन लागिएको पनि उनले बताए । 
मन्त्री पुनले तीन वर्षमा मुलुकलाई उज्यालो बनाउने पनि दावि गरे । उनले ३ वर्षमा ३ हजार मेगावाट, ५ वर्षमा ५ हजार मेगावाट, र १० वर्ष भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए । 
सङ्खुवासभामा मात्रै करिब ४ हजार मेगावाटको सम्भावना रहेको उर्जा मन्त्रालयका सहसचिब दिनेश घिमिरेले बताए । जसम अरुण तेस्रो ९०० मेगावाट निमार्णको क्रममा रहेको छ । त्यस्तै अरुण चौथो ३७२ मेगावाट, तल्लो अरुण ६७९ मेगावाट, किमाथाङ्का अरुण ४५० मेगावाटका रहेका छन् । जुन आयोजनाहरु नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजि क्षेत्रबाट निमार्ण हुने छन् । हाल अध्ययनको क्रममा रहेका छन् । 
 

प्रतिकृया दिनुहोस